Logo

जाली नेपाली नोट सहित १ जना पक्राउ



महोत्तरी, ३ असोज । जाली नेपाली नोट सहित १ जना पक्राउ परेका छन् । औरही नगरपालिका १ औरही बजारबाट १ हजार दरको जाली नेपाली नोट २२ थान सहित भारत घर भएका २२ वर्षीय पिन्टु कुमार रायलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उक्त बजारस्थित फलफुल पसलबाट उनलाई उक्त जाली नेपाली नोट सहित फेला पारी पक्राउ गरेको जनाएको छ।

साथै उनको साथबाट बिआर ३० एफ ९४८७ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्