Logo

रेडपाण्डाको छालासहित पक्राउ



सुर्खेत, ३ असोज । रेडपाण्डाको छाला सहित ४ जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका ८ खजुरास्थित मानसरोबर होटलबाट १ थान रेडपान्डाको छाला सहित दैलेख नारायण नगरपालिका १० बस्ने २१ वर्षीय पुर्ण बहादुर बस्नेत लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा रेडपाण्डाको छाला बेचबिखन भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले होटलको १ सय १५ नम्बरको कोठाबाट उक्त छाला फेला पारी उनीहरुलई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्