Logo

काठमाडौंबाट २७ जना जुवाडे पक्राउ



काठमाडौं, ३ असोज । तास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी बस्ने तेन्जिङ छोपाकको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने चितवन घर भएका ४२ वर्षीया ओम माया गुरुङ लगायत २० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ७४ हजार ७५ रुपैयाँ, २० बुक तास, २८ थान चेक र क्वाइन ४ सय ६४ पिस सहित फेला पारी पक्राउ गरेको जनाएको छ।

यसैगरी, गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ति डेरा गरी बस्ने उदयपुर घर भएका ३६ वर्षीय पुर्ण बहादुर मगरको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीया निर्मला तामाङ लगायत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार ७ सय ९५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्