Logo

सेटमै बेहोस भएका हाँस्यकलाकार केसीको निधन



काठमाडौं, ३ असोज । हाँस्यकलाकार रमेश केसीको सुटिङमा सेटमै निधन भएको छ ।उनको आज बिहान ९ बजे न्युजिक भिडीयो सुटिङ सेटमै निधन भएको हो । कलाकार केसीको ६९ वर्षमा निधन भएको हो ।

उनी मोटरसाइकल चलाएरै सुटिङमा पुगेका थिए । सुटिङ सेटमा पुगेको केही समयपछि उनी बेहोस भएका थिए । बेहोस भए लगतै उनलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । तर अस्पताल पुर्याइए लगतै उनलाई अस्पतालले मृतक घोषणा गरेको थियो । कलाकार रमेश केसीको अन्त्येष्टी पशुपति आर्यघाटमा गरिने पारिवार स्रोतले बताएको छ ।

उनले हर्के हवल्दार, तितो सत्य, एकादेशको चुरीफुरी, लगायतका सिरियलमा काम गरेका छन् । कलाकार केसीका २ छोरा, ३ छोरी र श्रीमती छन् ।



प्रतिक्रिया दिनुहोस्