Logo

बैंकर रविना देशराज सुप्रबल जनसेवाश्री बाट बिभुषित



काठमाडौं, ३ असोज । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभूषित भएकी छिन्। संविधान दिवस २०७८ को अवसरमा देशराजलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले सुप्रबल जनसेवाश्री घोषणा गरेकी हुन् ।

देशराज ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत धेरै अन्तर्राष्ट्रिय अवार्डबाट पनि पनि सम्मानित भइसकेकी छिन् । उनले बैंकिङ्क र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पनि पाइसकेकी छिन् । श्रेष्ठ स्थापना कालदेखि मेगा बैंकमा कार्यरत छिन्।

 



प्रतिक्रिया दिनुहोस्