कामना बैंकले ल्यायो एनआरएन बचत खाता सञ्चालनमा


काठमाडौं, ३ असोज । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । सात प्रतिशतको उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ्गको सुविधा रहेको छ ।

विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैकिङ प्रणाली बाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन्। साथै यस खाता मार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पाउनेछन् । यो खाता अनलाईन माध्यम बाट पनि खोल्न सकिने छ ।

हाल बैंकले एक सय २९ शाखा, एक विस्तारित शाखा लगायत ७६ एटिएममार्फत बैकिङ सेवा दिदै आएको छ ।