Logo

भोलीदेखि यी स्थानमा कोरोनाविरुद्धको खोप दिइँदै



काठमाडौं, ३ असोज । नेपाल सरकारले असोज ४ गते (भोलि) देखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ वटा उमेर समुहलाई खोप दिने भएको हो । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, बाजुरा, डोल्पा, दार्चुला, मुगु र जुल्लाका १८ वर्ष माथिका खोप लगाउन छुटेका सबैलाई खोप लगाउने मन्त्रालयले जनाएको छ ।

यसैगरी, मन्त्रालयको अनुसार ललितपुर, भक्तपुर, मकवानपुर, सर्लाही, काठमाडौं, र अछामको ४० वर्ष माथिका र १८ वर्ष माथिका सबैलाई खोप दिइने भएको छ । ५८ जिल्लाहरुमा भने ४५ वर्ष माथिका सबै नागरिकहरुलाई दिने भएको छ। काभ्रे र चितवनका ३५ वर्ष माथिका खोप लगाउन बाँकी सबैलाई खोप दिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्