Logo

ओमान विरुद्धको खेलमा नेपालले बलिङ गर्दै, टोलीमा २ परिवर्तन



काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमान विरुद्धको खेलमा नेपालले बलिङ गर्ने भएको छ । नेपालले टस जितेर ओमानलाई ब्याटिङ गर्ने निम्तो दिएको हो ।

खेल अल अमिरात क्रिकेट मैदानमा हुँदैछ । नेपालले आज दुई खेलाडी परिवर्तन गरेको छ । गुल्सन झा र कुशल मल्ल आज सुरुवाती–११ मा पर्न सकेनन् । झा र मल्लको ठाँउमा आज शरद भेषवाकर र आरिफ शेख परेका छन् । पहिलो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।-Photo Source: CAN



प्रतिक्रिया दिनुहोस्