Logo

‘धर्मनिरपेक्ष संविधान खारेज गर’ भन्दै राजावादीहरु सडकमा, राजाराम पौडेल पनि सहभागी (फोटोफिचर)



काठमाडौं, ३ असोज । आज सातौं संविधान दिवस । देशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर संविधान दिवस÷राष्ट्रिय दिवस मनाईएको छ । सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ ।

उता, आज संविधान दिवसकै दिन पारेर राजावादीहरुले धर्मनिरपेक्ष संविधान खारेजीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्विर अंगित ठूलो ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरुले माईतघरदेखि नयाँ बानेश्वरसम्म जुलुश/प्रदर्शन गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्