Logo

यी स्वास्थ्यकर्मीहरु विभुषित हुँदै (सुचीसहित)



काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तिहरुलाई संविधान दिवसको अवसरमा विभुषण, अलंकार र पदक प्रदान गर्ने भएकी छिन् । २९ गते बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस अनुसार उनले विभुषण प्रदान गर्ने भएकी हुन् । भण्डारीले ९ सय ३ जनालाई विभुषित गर्ने भएकी हुन् । तीमध्ये केही स्वास्थ्यकर्मीहरु रहेका छन् ।

सुप्रवल जनसेवाश्री बाट विभुषित हुने स्वास्थ्यकर्मीहरुमा ग्रान्डी अस्पतालका डा. विनोद बिजुक्छे, त्रिवि शिक्षण अस्पतालका डा. सरोज प्रसाद झा, डा. निरज बम, वीर अस्पतालका डा.लोचन कार्की, स्वास्थ्य मन्त्रालयका डा. गुणराज लोहनी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको डा.रुना झा, टेकु अस्पतालका डा. अनुप बास्तोला लगायतका रहेका छन् ।

त्यस्तै, प्रबल जनसेवाश्रीबाट विभुषित हुनेमा वीर अस्पतालका डा.अच्युत कार्की, डा.अशेष ढुंगाना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुन, डाक्टरहरु लेखराज सुवेदी, संजित कृष्ण श्रेष्ठ, उमेश कुमार शर्मा, सुरेशराज पन्त लगायतका रहेका छन् ।
जनसेवाश्री बाट धनप्रसाद पौडेल, शर्मिला श्रेष्ठ लगाएतका स्वास्थकर्मीहरु विभुषित भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्