Logo

एकदिवसीय र टी–ट्वान्टी क्रिकेट दुबैमा नेपालको वरियता खस्कियो



काठमाडौं, ३ असोज । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी दुबै वरियतामा खस्किएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरियतामा नेपालको एकदिवसीय र टी–ट्वान्टी वरियता एक स्थान खस्किएको हो ।

एकदिवसीय वरियतामा १५ औं स्थानमा रहेको नेपाल १६ औं स्थानमा झरेको छ । साथै टी–ट्वान्टी वरियतामा नेपाल १३ औं स्थानमा रहेको नेपाल १४ औं स्थानमा झरेको छ ।एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् । त्यस्तै टी–ट्वान्टी वरियतामा इंग्ल्यान्ड पहिलो, भारत दोस्रो, तेस्रोमा पाकीस्तान, चौथोमा न्युजिल्याण्ड र पाँचौंमा साउथ अफ्रीका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्