Logo

ओमान विरुद्धको खेलमा करणले लिए पहिलो विकेट



काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको ओमान विरुद्धको खेलमा नेपालले एक विकेट लिएको छ । नेपालका करण केसीले एक विकेट लिएका छन् । ओमानले ३ ओभर खेल्दा एक विकेट गुमाउँदै १८ रन जोडेको छ ।

नेपालले टस जितेर ओमानलाई ब्याटिङ गर्ने निम्तो दिएको हो । खेल अल अमिरात क्रिकेट मैदानमा भइरहेको छ । नेपालले आज दुई खेलाडी परिवर्तन गरेको छ । गुल्सन झा र कुशल मल्ल आज सुरुवाती–११ मा पर्न सकेनन् । झा र मल्लको ठाँउमा आज शरद भेषवाकर र आरिफ शेख परेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्