Logo

वीर अस्पतालका डा.अशेष ढुंगानाद्धारा पदक नलिने घोषणा



काठमाडौं, ३ असोज । छाति रोग विशेषज्ञ डा.अशेष ढुंगानाले सरकारले घोषणा गरेको पदक नलिने घोषणा गरेका छन् । वीर अस्पतालमा कार्यरत ढुंगानाले संविधान सभाको दिवसको अवसरमा सरकारले घोषणा गरेको प्रवल जनसेवाश्री पदक नलिने सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन् ।

उनले बिरामी र बिरामीका आफन्तजनहरुबाट पाइएको धन्यवाद नै सबैभन्दा ठुलो पुरस्कार भएको समेत उल्लेख गरेका छन् । डा. ढुंगानाले निजामती कर्मचारीको तह, श्रेणी र शैक्षिक पद सरह नमिलेकाले आफुले पदक अस्विकार गरेको जानकारी समेत दिएका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्