Logo

सेतीको खोचमा वेपत्ता पवित्राको प्रेम, विवाह र उमेरबारे अनुसन्धान



काठमाडौं, ३ असोज । तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचबाट वेपत्ता युवती पवित्रा लम्सालको प्रेम, विवाह र उमेर बारे प्रहरीले अनुसन्धान बढाएको छ । प्रहरीका अनुसार उनी ९ कक्षामा पढ्दैथिइन् र १९ वर्ष भनिएको उमेरबारे अनुसन्धान चलिरहेको छ ।

पवित्राको उमेर उजुरीमा उल्लेख गरेको भन्दा कम रहेको बुझिएको छ । उनको विवाह राजीखुशी या जर्बजस्ती भएकोबारे पनि प्रहरीले अनुसन्धान बढाएको छ ।

नेपाली हिन्दु संस्कार अनुसार भदौमा विवाह सायदै गरिन्छ । तर, पवित्रालाई अकस्मात् विवाह गरिदिएको छ । घरपरिवारले आफै केटा कहाँ लगेर सिन्दुर हालिदिएको खुलेको छ । केटा केटीको घरमा गएर सिन्दुर हाल्ने प्रचलन भन्दा फरक पवित्रा दुलाहाको घरमा पुर्याई सिन्दुर हालिएको खुलेको छ ।

पवित्रा विवाह गरी गएको परिवारकी हजुरआमाले खुशीसाथ बसेको बताइन् । २ दिनमात्र उनी पतिको घरमा बसिन् ।

पवित्रा रक गार्डेनको जोखिमयुक्त चट्टानमा पुग्दा उनका साथीहरुले चिच्याएर नजान भने । आत्महत्या गर्न खोजेको आशंकामा लाछी भन्छन् समेत भन्दै फर्कन भनेका थिए । उनीहरुमध्ये एकले चिच्याउँदै भनेकी थिइन्, तलाईं विशालको कसम । विशाल भन्ने को हुन् ? यसबारे पनि अनुसन्धान बढेको छ ।

पवित्राको विशाल भन्ने केटासँग प्रेम सम्बन्ध रहेको र परिवारले अकस्मात् विवाह गरिदिएकोबारे अनुसन्धान बढेको हो । उनको विवाह भएको केटा विदेशमा बस्ने गरेको समेत खुलेको छ । पवित्राका पति हरि सिग्देल विवाहकै लागि विदेशबाट आएको खुलेको हो । उनकी हजुरआमाले नातिलाई विवाहको लागि बोलाएको बताइन् ।

पवित्रा र उनका पतिको उमेर पनि फरक भएको बुझिएको छ । निकै फरक उमेरका पतिप्रति पवित्रा खुशी नभएको उनका साथीहरुले बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने सेती नदीमा पवित्रा वेपत्ता भएकी हुन् । घटनामा उनी टिकटक बनाउँदा नभई आफै आत्महत्याको उद्दोग गर्न पुगेको निष्कर्ष नजिक प्रहरी पुगेको छ ।

१९ वर्षीया पवित्रा दुरान फर्काउन माइतीघर गएकी थिइन् । त्यहाँबाट उनी दुई साथीलाई लिएर रक गार्डेन पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot