Logo

आज संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर



काठमाडौं, ३ असोज। आज नेपालमा कोरोना भाइरसका ७ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८४ हजार ५ सय ६६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १० हजार १३ सय पिसीआर परिक्षणमा ७ सय ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज १४ सय १३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म ७ लाख ४९ हजार २ सय १३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्