Logo

काठमाडौंमा थपिए २४१ संक्रमित



काठमाडौँ, ३ असोज । आज देशभर ७ सय ३४ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २ सय ४१ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा १८७ , ललितपुरमा २२ र भक्तपुरमा ३२ संक्रमित थपिएका हुन् । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्