Logo

लागूऔषध सहित एक पक्राउ



काठमाडौं, ३ असोज । नियन्त्रित लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट नियन्त्रित लागूऔषध डाईजोपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र नुफिन ८ एम्पुल सहित सिरहा लहान नगरपालिका ४ बस्ने २६ वर्षीय आनन्द प्रसाद दासलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सिरहाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८८६९ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम