Logo

बक्सर पाकुईद्वारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी घोषणा



एजेन्सी, ३ असोज । फिलिपिन्सका राष्ट्रपति म्यानी पाकुईले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले भ्रष्टाचारको मुद्दासहित उम्मेदवारीको घोषणा गरेका छन् ।

वर्तमान राष्ट्रपति रोड्रिगो डुटेरटे अर्को कार्यकाल राष्ट्रपति बन्न नपाउने भएपछि आफ्ना विश्वासपात्र क्रिस्टोफर गोलाई राष्ट्रपतिमा अगाडि बढाएर आफू उपराष्ट्रपति बन्ने गरी उम्मेदवारी घोषणा गर्न पुगेका छन् । त्यसलाई चुनौती दिदै पाकुईले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पाकुई ४२ वर्षका भए । उनले आफूलाई फाइटरको रुपमा प्रस्तुत गरेका छन् । रिङ भित्र र बाहिर पनि फाइटर भएको उल्लेख गर्दै राष्ट्रपति बन्न सफल हुने बताए ।

पाकुई डुटेरटेका लागि प्रमुख चुनौती बनेका छन् । उनलाई फिलिपिनी जनताले राष्ट्रका नायक जसरी लिन्छन् ।



प्रतिक्रिया दिनुहोस्