Logo

सत्ता गठबन्धनमा खटपटले अष्टलक्ष्मी र भीम आचार्यको पद जोगिएला ?



काठमाडौं, ३ असोज । गठबन्धनमा खटपटले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई हाइसञ्चो भइरहेको छ । सरकार अल्पमतमा परिसकेको छ । तर, गठबन्धन दलहरुबीच मुख्यमन्त्री बाँडफाँडमा कुरा नमिल्दा शाक्य र आचार्य पदमै रहिरहन सकेका हुन् ।

गठबन्धनका नेताहरु समय तोकेर मुख्यमन्त्रीलाई हटाइछाड्ने भनिरहेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र शाक्य र आचार्यलाई हटाउने बताएका छन् । आज ंसंविधान दिवसमा आयोजित कार्यक्रममा बोल्दै दुवैलाई केपी शर्मा ओलीको प्यादा भन्दै हटाउने बताएका हुन् ।

माधव नेपालले हटाउने भनेपनि शाक्य नेकपा एसका सांसदले आफूलाई मत दिने दाबी गरेकी छिन् । आचार्य पनि प्रदेश सरकार ढलिनहाल्ने आशामा छन् ।

सत्ता गठबन्धनका नेपाली काँग्रेस र नेकपा एसबीच बागमती र प्रदेश नं १ मा मुख्यमन्त्री बाँडफाँडबारे कुरा मिल्न सकेको छैन । नेकपा एसले दुवै प्रदेशमा मुख्यमन्त्री दाबी गरेको छ । काँग्रेस बागमती प्रदेशमा दाबी गरिरहेको छ । यसले शाकय र आचार्यलाई हाइसञ्चो भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्