Logo

यो संविधान असफल भयो भने अब विदेशीले दिएको संविधानमात्रै बाँकी हुन्छ : रमन श्रेष्ठ



काठमाडौं, ३ असोज । वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले संविधान बनाउनको लागि नेतृत्व गरेको व्यक्ति पूर्व सभामुख सुवास नेम्वाङको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले नेम्वाङले संविधान कार्यान्वयनको लागि गम्भीर भूमिका निर्वाह नगरेको जिकिर गरे ।

नेपाली रेडियो नेटवर्कको पाँचौ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अधिवक्ता श्रेष्ठले यस्तो बताएका हुन् । उनले दुई तिहाई बहुमत ल्याएको नेकपाले बहुमत जोगाउन नसकेको र संविधान कार्यान्वयनमा समस्या भएको सुनाए । उनले संविधान राम्रो बनाएर केही नहुने भन्दै संविधान कार्यान्वयनको लागि नेतृत्वमा ठीक व्यक्ति पुग्नुपर्नेमा जोड दिए ।

उनले संविधानले हरेक ठाउँमा एक तिहाई महिला हुनुपर्ने व्यवस्था गरेको भएपनि हरेक पार्टीमा आज एक तिहाई महिलाको सुनिश्चितता नभएको सुनाए । अहिलेको संविधान संविधानसभाले दिएको संविधान भएकोले यो असफल भयो भने अब विदेशीले दिएको संविधानमात्रै बाँकी हुने भन्दै उनले संविधान कार्यान्वयनमा गम्भीर हुन अपिलसमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्