Logo

संविधान राम्रो र उत्कृष्ट छ, तर यसले बुद्धि, विवेक र क्षमता बाँड्दैन : सुवास नेम्वाङ



काठमाडौं, ३ असोज । संविधानका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान सम्झौताको दस्तावेज भएको भन्दै यसको कार्यान्वयन गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । आफूलाई संविधान बनाउने बेलामा विलम्ब गर्नसमेत सुझाव दिईएको पनि उनले स्मरण गराए ।

तर, आफूले भने संविधान बनाउनको लागि ईमानदार प्रयत्न गरेको र सफल भएको उनको भनाई छ । उनले आफूहरुले राम्रो र उत्कृष्ट संविधान जारी गरेको पनि दाबी गरे ।

नेपाली रेडियो नेटवर्कको पाँचौ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान जतिसुकै राम्रो भएपनि त्यसले बुद्धि, विवेक र क्षमता नबाँड्ने सुनाए । उनले त्यो बुद्धि, विवेक र क्षमता भने आफूहरुले देखाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्