Logo

ओमानविरुद्व नेपालको सानदार जित, कप्तानको अर्धशतक



असोज ३, काठमाण्डौ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ । आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गरेको हो । लिग–२ मा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो ।

आइतबार ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १८.२ ओभरमै पूरा ग¥यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । उनले नटआउट ५२ रन जोड्ने क्रममा ४६ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे । ज्ञानेन्द्रले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन् । उनले अमेरिकाविरुद्धको अघिल्लो खेलमा ५५ रन जोडेका थिए । ओपनर कुशल भुर्तेल ६ रनमा आउट हुँदा आसिफ शेखले ४० रनको योगदान गरे । आसिफले ४४ बलमा ७ चौका प्रहार गरे ।

रोहित पौडेल ६ रनमा आउट हुँदा शरद भेषवाकरले नटआउट १ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो । ओमानका लागि जीसन मक्सूदले सबैभन्दा बढी ४१ रन जोडे । बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले ४–४ विकेट लिन सफल भए । ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले चार खेलमा दुई खेलमा जित र दुई खेलमा हार बेहो¥यो । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले नै हारेको थियो ।

तेस्रो खेलमा नेपालले अमेरिकालाई ४ विकेटले नतिजा सुम्पिएको थियो । लिग–२ को अंक तालिकामा नेपाल ८ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । नेपालले ८ मध्ये ४ खेलबाट जित र ४ खेलमा हार बेहोरेको छ ।



प्रतिक्रिया दिनुहोस्