Logo

आजको प्रतिनिधि सभाको बैठकमा दुबै पक्षको घम्साघम्सीको संकेत



काठमाडौं, असोज ४ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले अवरोध जारी राख्ने भएको छ। सरकार अध्यादेशमार्फत आएको बजेटमाथिको प्रतिस्थापन विधेयक अघि बढाउने तयारीमा रहेकोजनाउँदै एमालेले अहिले विहान ११ बजे बस्ने बैठकमा पनि अवरोध जारी राख्ने भएको हो ।

यसअघि एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनका ४ वटा बैठक अवरोध गरिसकेको छ । माग पूरा नभएसम्म अवरोध जारी राख्ने एमालेले जनाएको छ । यता कर्मचारीलाई तलब खुवाउन आज संसदबाट बजेट पारित गर्नैपर्ने बाध्यतामा सरकार देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम