Logo

प्रिमियर लिगमा चेल्सीको शानदार जित



एजेन्सी, ४ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई ३–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।
खेलको ४९औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

साथै, खेलको ५७औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई २ गोलको अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा रुडिगरले गोल गर्दै चेल्सीलाई ३ गोलको फराकिलो जित दिलाए । यस जितसँगै चेल्सी ५ खेलमा १३ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।  टोटेनहम ९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्