Logo

स्पेनिस ला लिगामा भ्यालेन्सिया माथि रियलको जित



एजेन्सी, ४ असोज । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ६६औं मिनेटमा हुगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८६औं मिनेटमा बेन्जेमाको पासमा भिनिसियसले गोल गर्दा रियल १–१ को अवस्थामा पुगेको थियो ।

त्यसलगतै खेलको ८८औं मिनेटमा भिनिसियसको पासमा बेन्जिमाले गोल गर्दै रियललाई २–१ को जित दिलाए । जितसँगै रियलले ५ खेलमा १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भ्यालेन्सिया भने १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्