Logo

फिल्म क्षेत्रका यी कलाकारहरु विभुषित



काठमाडौं, ४ असोज । संविधान दिवस २०७८ को अवसरमा सरकारले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विभुषित गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा विभिन्न क्षेत्रमा आबद्ध ९०३ जनालाई मानपदवी, अलंकार र पदकबाट राष्ट्रपति विद्यादेवि भण्डारीले विभुषित गर्ने भएकी हुन् ।

यसमध्ये सबैभन्दमा ठुलो मानपदवीका रुपमा नेपालरत्न सन्त नेता तथा पुर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ । स्वर सम्राट नारायण गोपाललाई महाउज्जल राष्ट्रदीप र गीतकार कालीप्रसाद सुप्रबल जनसेवाश्री समान घोषणा गरिएको छ ।
चलचित्र क्षेत्रतर्फ पनि प्रबल जनसेवाश्रीबाट निर्देशक तथा कलाकार दीपाश्री निरौला, प्रकाश घिमिरे, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी र नवल खड्का र गौरी मल्ल विभु्षित हुने भएका छन् । जनसेवाश्री बाट नायिका केकि अधिकारी, नायक अनमोल केसी, मिलन चाम्स, राजकुमार राई बिभुषित हुँदैछन् ।

नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्