Logo

पेनाल्टीमा चुकेपछि वेस्ट ह्याम पराजित



एजेन्सी, ४ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा पेनाल्टीमा चुकेपछि वेस्ट ह्याम म्यानचेस्टर युनाईटेडसँग पराजित भएको छ । आइतबार भएको खेलमा युनाईटेडले वेस्ट ह्यामलाई २–१ गोल अन्तरले पराजित गराएको हो ।

खेलको ३०औं मिनेटमा साइद बेन्राह्माले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३५औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई १–१ को बराबरीमा ल्याएका थिए । त्यस्तै खेलको ८९ औं मिनेटमा लिंगार्डले गोल गर्दै युनाईटेडलाई २–१ को जित दिलाए ।

खेलको इन्जुरी समयमा वेस्ट ह्यामले पेनाल्टीको मौका सदुपयोग गर्न सकेन । जितसँगै युनाईटेडले ५ खेलमा १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम भने ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्