Logo

प्रकाश सपुतसहित लोकगीत तर्फका यी कलाकार विभुषित



काठमाडौं, ४ असोज । संविधान दिवस २०७८ को अवसरमा सरकारले विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान दिएका व्यक्तिहरुलाई विभुषित गर्ने घोषणा गरेको छ ।

गायक गायिका तर्फ हेमन्त शर्मा, प्रकाश सपुत, शिवसंकर रिजाल, तेरिया मगर र राधिका हमाल बिभुषित हुने भएका छन् । प्रबल जनसेवाश्री बाट दोहोरी गायक गायिकाहरुमा चन्द्रप्रकाश शर्मा, कुलेन्द्र विश्वकर्मा, देविका प्रधान, विष्णु माझी र संगितकार कस्तुप पन्त लगायत विभुषित हुने भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा विभिन्न क्षेत्रमा आबद्ध ९०३ जनालाई मानपदवी, अलंकार र पदकबाट राष्ट्रपति विद्यादेवि भण्डारीले विभुषित गर्ने भएकी हुन् ।

नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्