Logo

युभेन्ट्स र एसी मिलान बराबरीमा रोकिए



एजेन्सी, ४ असोज । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले एसी मिलानसँग बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले मिलानसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको चौंथो मिनेटमा अल्भारो मोरटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ७६औं मिनेटमा एन्ट रेबिकले गोल गर्दै मिलानलाई हारबाट जोगाए । युभेन्ट्सले यस सिजन ४ खेलमा २ अंक जोड्दै लिगको १८ औं स्थानमा रहेको छ । मिलानले ४ खेलमा १० अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्