Logo

एमालेको नाराबाजीलाई बेवास्ता गर्दै बजेट पारितको प्रक्रिया सुरु



काठमाडौं, असोज ४ । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधलाई वेवास्ता गर्दै बजेट पारित गर्ने भएको छ । सोहि अनुसार आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बजेट पारित गर्ने प्रक्रियालाई अगाडी बढाएका छन् ।

बैठक हुना साथ एमालेले वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् । तर सभामुख सापकोटाले त्यसलाई वेवास्ता गर्दै विनियोजन विधेयकमाथिको छलफल र जवाफ विनियोजन विधेयक, २०७८ को विभिन्न शीर्षकहरूमाथि छलफल प्रारम्भ गरेका छन् ।

इतिहासमा पहिलो पटक राज्य कोषको रकम खर्च गर्न नसकेर अर्थतन्त्र ‘सट डाउन’को अवस्थामा पुगेपछि सरकारले आज बिनियोजन विधेयक पारित गराउने तयारी गरेको हो।



प्रतिक्रिया दिनुहोस्