Logo

एमाले स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै



काठमाडौं, ४ असोज । नेकपा (एमाले) स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा सोमबार दिउँसो १ बजे बस्दै छ ।

बैठकले महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिमरुप दिनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा आइतबार प्रस्तुत राजनीतिक, सांगठनिक र विधान प्रतिवेदनमाथि छलफल जारी छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्