Logo

प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं, ४ असोज । प्रतिनिधिसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ ।

विनियोजन विधेयक पारित भएपछि बजेटसम्बन्धी अन्य विधेयकहरु आज मात्र स्वीकृत भएकाले विधेयक परिपक्क्व बनाएर दफावार छलफलका लागि बिहीबारको समय तोकेका सभामुख अग्निप्रसाद सापककोटाले त्यही दिनसम्म प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो  बिहीबार प्रतिनिधिसभाले आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफल भई पारित गर्ने तयारी गरेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्