Logo

कोहलीले बैंग्लोरको कप्तानी छाड्ने



काठमाडौं, ४ भदौ । इण्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनपछि रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले बैंग्लोरको कप्तानी छाड्ने भएका छन् । केहीदिन अघिमात्र टी–२० विश्वकप क्रिकेटपछि भारतीय टी–२० क्रिकेटबाट राजीनामा दिने घोषणा गरेका कोहलीले बैंग्लोरको कप्तान पनि छाड्ने निर्णय गरेका छन् ।

बैंग्लोरको आधिकारीक ट्वीटर ह्याण्डलले कोहलीको एक भिडियो जारी गरेको छ । जसमा कोहलीले यो सिजनको आईपीएल पछि आफुले कप्तानी छाड्ने जनाएका छन् । उनले भिडीयोमा भनेका छन्, ‘म बैंग्लोरको कप्तानका रुपमा यो मेरो यो अन्तिम आईपीएल हुनेछ । म आईपीएलको अन्तिम खेल खेल्दासम्म बैंग्लोरबाट खेलाडीका रुपमा खेल्नेछु । बैंग्लोरका सम्पूर्ण समर्थक विश्वास गर्नुभएको र समर्थन गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु,’ ।

बिराटले अहीलेसम्म ९ वर्ष बेङ्ग्लोरको कप्तानी गरे तर, उनले टिमलाई आईपीएल ट्रफी भने दिलाउन सकेका छैनन् ।-Photo: Agency

 



प्रतिक्रिया दिनुहोस्