Logo

आफ्नै बुवा आमाविरुद्ध चर्चित अभिनेताले दिए उजुरी



एजेन्सी, ४ असोज । साउथ फिल्मका चर्चित अभिनेता थलापति विजय फेरी चर्चामा आएका छन् । अभिनेताले आफ्नो बाबु आमासहित ११ जनाबिरुद्ध उजुरी दिएका हुन् । उजुरीमा विजयले ११ जना मानिसहरुलाई भेट्न नदिन समेत आग्रह गरेका छन् । उनका फ्यान फलोइंग धेरै छन् ।

अंग्रेजी वेबसाइट टाइम्स अफ इन्डियाको अनुसार विजयका पिता चन्द्रशेखरले उनको नाममा २०२० सालमा राजनीतिक पार्टी अल इन्डिया थलापति विजय मक्कलको घोषणा गरेका थिए । अभिनेताका पिताले आफ्नो छोरा पनि चाँडै नै राजनीतिमा आउने दाबी गर्दै आएका थिए ।

तर, बिजय अब भने पिताको विरुद्धमा जादैछन् । यसबारेमा उनले आफ्नो भनाई पनि जारी गरेका छन् । विजयले बयानमा पिताको राजनीतिक पार्टीमा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा सम्बन्ध नरहेको स्पष्ट पारेका हुन् । उनले आफु पिताको बाध्यकारी आकांक्षाको पालना गर्न अब बाध्य नभएको पनि उल्लेख गरेका छन् ।

यदि आफ्नो फोटो कुनै राजनीतिक दल वा क्लबले प्रयोग गरेमा कारवाही गर्ने समेत चेतावनी दिएका छन् । उनले आफ्नो फोटो र नामको दुरुपयोग गर्नेहरुलाई प्रतिबन्ध लगाउन समेत माग गरेका गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्