Logo

छोटा कपडा लगाउदैमा महान बनिदैन्ः बिजेपी नेता



एजेन्सी, ४ असोज । राखी सावंत अभिनय भन्दा पनि राजनेताहरुको भनाईको कारण चर्चामा रहन्छिन् । अहिले फेरी एक नेता उनको बारेमा बोलेकै कारण आलोचित भएका छन् ।

आइतबार उन्नाव जिल्लाको बांगरमउ क्षेत्रमा उत्तरप्रदेश विधानसभाका अध्यक्ष तथा बिजेपी नेता ह्दय नारायण दीक्षितले भने, ‘छोटा कपडा लगाउदैमा कोही महान बन्ने भएमा बलिउड कलाकार राखी सावंत महात्मा गान्धी भन्दा पनि महान बन्थिन् होला ।’

विधानसभा अध्यक्षको यस कुराले गर्दा सामाजिक सञ्जालमा उनको निकै आलोचना भइरहेको छ । दीक्षितको भाषणको यो भिडियोमा भाइरल भएपछि उनले ट्विट गरेर प्रसंग फरक भएको भन्दै सफाई समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्