Logo

बुटवल उप–महानगरपालिकाका प्रमुखलाई स्थानीयले मुक्का हानेपछि…



काठमाडौं, ४ असोज । बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई उनकै क्षेत्रका एक पुरुषले मुक्का हानेका छन् । स्थानीयले पहिरो प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए ।

त्यही क्रममा मेयर सुवेदी अवलोकनका लागि प्रभावित क्षेत्रमा पुगेका थिए । प्रभवित क्षेत्रमा हिडीरहेको समयमा प्रमुख सुवेदीलाई पछाडीबाट आएर एक पुरुषले मुक्का प्रहार गरेका हुन् । मुक्का प्रहार गरेपछि उनलाई सुरक्षाकर्मीहरुले रोकेका थिए ।

चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए । अहिले पनि चुरेबाट भेलसहितको पहिरो खसीरहेको छ । ज्योतिनगर क्षेत्रमा यस वर्ष भदौ १३ गतेदेखि पहिरो खस्न सुरु गरेको हो । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्