Logo

छापा मार्न गएको टिममाथि भालेको आक्रमण, एक प्रहरीको मृत्यु



एजेन्सी, ४ असोज । प्रहरीले अपराधी समात्नको लागि ज्यान जोखिममा राखेका त सुनैको छौ  । तर, फिलिपिन्समा अवैध खेलमा छापा मार्दा कुखुराको भालेले प्रहरीमाथि आक्रमण गर्दा एक प्रहरीको मृत्यु भएको छ ।

घटना फिलिपिन्सको हो । मनिलामा भालेको एक अवैध लडाईमा प्रहरीले छापा मार्न गएको थियो । यसैक्रममा एउटा भालेले लेफ्टिनेन्ट क्रिस्चियन बोलोकमाथि आक्रमण गर्यो । भालेको हमलापछि बोलोक गम्भिर घाइते भए, उनको खुट्टाबाट निकै रगत बगेको थियो । उपचारको लागि अस्पतात लैजादै गर्दा उनको बाटोमै निधन भएको हो ।

एक रिपोर्टको अनुसार नोर्दन समरको प्रहरी कर्नल अर्नेज अपुडलले एक बयान जारी गरेका छन् । प्रहरीको बयानमा अवैध भाले लडाईमा छापा मार्दा प्रहरीको ज्यान गएको उल्लेख गरिएको छ ।

भाले र प्रहरीबीच भएको लडाईमा भालेको खुट्टामा राखिएको ब्लेडले बोलोकको खुट्टाको धमनी काटीएको थियो । घटनास्थलमा उनको निकै रगत बगेको थियो । उनलाई अस्पताल लैजादै गर्दा बाटोमा निधन भएको हो । बोलोक भालेको लडाईमा प्रमाण जुटाउन गएका थिए । सोही क्रममा छापा मार्दा भालेको आक्रमण गरेको हो । ३ जना ब्यक्तिहरु पनि पक्राउ परेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्