Logo

मेलामा विवाद हुँदा कुटपिट गरी हत्या, २ जना पक्राउ



महोत्तरी, ४ असोज । कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । सोनमा गाउँपालिका–२ तरारी बस्ने ५५ वर्षीय राम प्रसाद यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–७ सुन्दरपुर बस्ने ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा रहेका छन् ।

सोही नगरपालिका–७ मैनटोलस्थित विश्वकर्मा पुजाको मेलामा पुजाको विषयमा विवाद भई कुटपिट हुँदा बेहोस भएका राम प्रसाद यादवको घरमा ल्याएपछि मृत्यु भएको थियो । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी मगरथानाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्