Logo

आईपीएलमा आज कोलकता र बैंगलोर भिड्दै



काठमाडौं, ४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरबीच प्रतिपर्धा हुँदैछ । कोलकता र बैंगलोर बिचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । खेल युएईको शेख जायद स्टेडियममा हुनेछ ।

प्रतियोगितामा ७ खेल खेलीसकेको कोलकाताले ४ अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा रहेको छ । साथै बैंगलोर ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । आजको खेलमा बैंगलोर अंक तालिकामा सुधार ल्याउन चाहान्छ भने कोलकता पनि जितको खोजीमा रहनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्