Logo

गौबध गरेको अभियोगमा १० जना पक्राउ



मकवानपुर, ४ असोज । गौबध गरेको अभियोगमा १० जना पक्राउ परेका छन् । गौबध गरेको अभियोगमा बकैया गाउँपालिका(११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लोहार लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बकैया गाउँपालिका ११ स्वबिमा गाई काटेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई ५० केजी गाईको मासु सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्