Logo

ब्राउन सुगरसहित युवक पक्राउ



झापा, ४ असोज । अवैध लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका ४ राईसिंगस्थित नेपाल भारत सिमा क्षेत्रबाट ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बाहुनडागी र बिओपी बाहुनडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्