Logo

गाँजासहित किशोर पक्राउ



कास्की, ४ असोज । लागुऔषध गाँजा सहित एक किशोर पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३० पावरहाउस नजिकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित पोखरा महानगरपालिका १० रामबजार बस्ने १८ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९६२१ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्