Logo

छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन्छु : प्रधानमन्त्री देउवा



काठमाडौं, ४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किने क्रममा पत्रकाहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । उनले भने,‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ ।’

प्रधानमन्त्री बनेको दुई महिना बितिसक्दापनि अहिलेसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर आलोचना भैरहेको बेला प्रधानमन्त्री देउवाले भने अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । सरकारलाई पूर्णता दिनेबारे प्रधानमन्त्रीले पहल गरेपनि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुले मन्त्रीको नाम दिन नसक्दा समस्या भएको हो । file photo/reportersnepal.com



प्रतिक्रिया दिनुहोस्