Logo

रुसको युनिभर्सिटीमा गोली चल्दा ८ जनाको मृत्यु, विद्यार्थीले झ्यालबाट हाम फालेर ज्यान जोगाए



एजेन्सी, ४ असोज । रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार गोली चलेको छ । गोली चल्दा ८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । साथै कैयौं घाइते भएको बताइको छ ।

स्थानीय मिडियाका अनुसार युनिभर्सिटीका कैयौं विद्यार्थी र शिक्षकहरु कक्षाकोठाभित्रै थुनिएका छन् । केही विद्यार्थीहरु एक तला माथीको झ्यालबाट हाम फालेर भाग्न सफल भएका छन् ।

अज्ञात व्यक्तिले गोली चलाउँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ भने कैयौं विद्यार्थी गम्भीर घाइते भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । रुसी सञ्चार माध्यमहरुका अनुसार एक विद्यार्थीले गोली चलाएका हुन् । रुसको अनुसन्धान आयोगले सो घटनाको अनुसन्धान अघि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्