Logo

‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट मरासिनी सम्मानित



काठमाडौं, ४ असोज । पत्रकार गोविन्द मरासिनी नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिद्वारा सम्मानित भएका छन् । समितिले मरासिनी सहित विभिन्न सञ्चारमाध्यममा आबद्व ६ पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट नगद रु १० हजार सहित प्रमाणपत्रले सम्मान गरेको हो । सम्मानित सबै पत्रकारहरुलाई एसोसियट प्रदेश समितिको प्रथम सम्मेलनका क्रममा धुलिखेलमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि तथा नेपाल सरकारका अर्थमन्त्री जर्नादन शर्मा, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष बैकुण्ठराज पराजुली लगायतले प्रमाणपत्र सहित नगद रु १० हजारले सम्मान गरेका हुन् । कोरोना महामारी चलिरहेको समयमा महासंघ अन्तर्गत एसोसिएट प्रदेशमा आवद्ध भई विभिन्न संचारमाध्यममा संक्रिय पत्रकारमध्ये छुट्टाछुट्टै विधाका ६ जनालाई सम्मान गरिएको एसोसिएट प्रदेश समितिले जनाएको छ ।

यसमध्ये मरासिनीले सामाजिक र राजनीतिक पत्रकारितातर्फ पुरस्कारबाट सम्मानित भएका हुन् । लामो समयदेखि पत्रकारितामा क्रियाशिल मरासिनी हाल काठमाडौं प्रेस डटकम र नयाँपुस्ता डटकममा आबद्ध रहेका छन् । उनले सामाजिक र राजनीति बाहेक पर्यटन, युवा र मनोरञ्जनका क्षेत्रमा समेत स्वतन्त्र रुपमा कलम चलाउँदै आएका छन् ।

उनीसँगै सम्मानित हुनेमा चलचित्र पत्रकारितातर्फ रिना मोक्तान (कान्तिपुर), आर्थिक पत्रकारितातर्फ मेनुका कार्की (हाम्रो अर्थ डटकम), खेलकुदतर्फ जीतबहादुर साउद (ग्यालेक्सी टिभी), फोटो पत्रकारिता तर्फ चन्द्र बहादुर आले (अनलाइनखबर), कार्टुनतर्फ विरोचन मल्ल ठकुरी (इकागज डटकम) रहेका छन्। कार्यक्रममा ७० बर्ष नाघेका बरिष्ठ पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । दुइ दिनसम्म चलेको सम्मेलनले सहभागीहरुका बीचमा व्यापक छलफल गर्दै १३ बुँदे धुलिखेल घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम