Logo

एमालेले ५ पटक संसद् अवरोध गर्दैमा जनताको आवाज कसरी बन्द हुन्छ ? : विशाल भट्टराई



काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिपक्षको आवाज दबाउन खोजिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको आज (सोमबार) को बैठकले विनियोजन विधेयक पारित गरेपछि एमालेले यस्तो आरोप लगाएको हो । एमालेले अहिलेको संसद्को गतिरोधको अन्य गर्न सभामुख र सत्तापक्ष जिम्मेवार हुनुपर्ने बताउँदै आएको छ ।

प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैली संसदीय मर्यादाविपरित भएको टिप्पणी गरे । उनले सभामुखलाई आफ्नो शैली सच्याउनपनि आग्रह गरेका छन् । उनले सभामुखले एमालेमाथि पक्षपाती व्यवहार गरेको पनि आरोप लगाए ।

भट्टराईले आफूहरुले पाँच पटक संसद् अवरुद्ध गर्दैमा जनताको आवाज बन्द नहुने पनि दाबी गरे । उनले भने,‘संसद्को आठौं अधिवेशन सम्झना दिलाउन चाहन्छु । साउन ३ देखि ३२ गतेसम्म २९ दिन उहाँहरुले संसदलाई बिजनेश दिनुभएन । त्यतिबेला सोध्नुपर्‍थ्यो जनताको आवाज बन्द किन गरियो भनेर अहिले एमालेले ५ पटक संसदमा अवरोध गर्दैमा जनताको आवाज कसरी बन्द हुन्छ ?’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot