Logo

नेपाली राष्ट्रिय क्रिकेट टोली भोली स्वदेश फर्किने



काठमाडौं, ४ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्न ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि (मंगलबार) बिहान नेपाल आईपुग्ने भएको छ । नेपाली टोली बिहान ७ः४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्ने बताइएको छ ।

लिग–२ अन्तरगतको त्रिकोणात्मक एकदिवसीय सिरिजको ४ खेलमा नेपालले दूई जित निकाल्यो भने दुई हार ब्योहोयो । सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

त्यसैगरी, आइतबार भएको चौंथो खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको थियो । यो जित नेपालले एक दिवसीय अन्तराष्ट्रियमा ओमानमाथीको पहिलो जित हो ।

ओमानलाई हराएपछि नेपालले ८ खेलमा ८ अंक जोड्दै लिग–२ को चौंथो स्थानमा उक्लिएको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । साथै अमेरिका १५ खेलमा १४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्