Logo

आज १ हजार संक्रमित थप, २९ सय संक्रमणमुक्त



काठमाडौं, ४ असोज । आज नेपालमा कोरोना भाइरसका १ हजार ९५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १३ हजार ८ सय १७ पिसीआर परिक्षणमा १ हजार बढीको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै, आज २९ सय ५७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म ७ लाख ५२ हजार १ सय ७० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्