Logo

पञ्जाबको मुख्यमन्त्रीका रूपमा काँग्रेस नेता चन्नीद्वारा सपथ ग्रहण



चण्डीगढ, ४ असोज: कांग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्न भएको छ । उनी पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति भएका छन् ।

पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराएका हुन् ।

चन्नीले पञ्जाबी भाषामा सपथ ग्रहण गरेका हुन्। काङ्ग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि कांग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेको थियो ।-पीटीआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्