Logo

२२ हजार कोरोना संक्रमितको उपचार हुँदै



काठमाडौं, ४ असोज । नेपालमा आज कोरोना भाइरसका १ हजार ९५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार कुल संक्रमित मध्ये २२ हजार २ सय २३ जना संक्रमितको उपचार भैरहेको छ । त्यस्तै, आज २९ सय ५७ जना संक्रमणमुक्त भएसँगै आजसम्म ७ लाख ५२ हजार १ सय ७० जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्